प्रदेश १ का मुख्यमन्त्री कार्कीले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। कार्कीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटमा प्रदेश सरकारका योजनाबारे मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई सुनाएका थिए। सँगै राजनीतिक घटनाक्रम र समसायिक विषयमा पनि कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्