झापामा ट्रक जुध्दा २ जनाको मृत्यु



विराटनगर । झापाको शिवसताक्षीमा दुईवटा ट्रक जुध्दा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शुक्रबार बिहान ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिकका अनुसार ना. ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सह चालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन । पश्चिमबाट पूर्व जाँदै गरेको ना. ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना. ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्