७ वर्षीया छोरीको हत्यापछि बाबुले गरे आत्माहत्या



काठमाडौं । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । ७ वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् ।

रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेका हुन्। टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्