पोखराको लेकसाइड १२-१ बजेसम्म खोल्न दिन प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन



 

काठमाडौं। पोखराको लेकसाइड १२-१ बजेसम्म खुला गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्देशन दिएका छन् । उनले शुक्रबार कास्कीका प्रहरी प्रमुख अजय केसीलाई फोन गरेर १२–१ बजेसम्म व्यवसाय खोल्ने बातावरण बनाउन निर्देशन दिएका हुन् ।

व्यवसायीले शुक्रबार भेटेर आफ्ना व्यवसाय २४ घण्टै संचालन गर्न पाउनुपर्ने माग मुख्यमन्त्री समक्ष राखेपछि उनले प्रहरीलाई यस्तो निर्देशन दिएको हो । पर्यटन परिषद्ले मुख्यमन्त्री अधिकारीलाई भेटेर प्रहरीले रातिसम्म पसल खोल्न नदिएको, लेकसाइड आउने पाहुनालाई चेकजाँचका नाममा दुःख दिएको गुनासो गरे ।

परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले मुख्यमन्त्री अधिकारीलाई लेकसाइडमा आउने पाहुनालाई चेकिङका नाममा अनावश्यक दुःख दिइरहेको बताए । यहाँबाट बाहिर पाल्पा, स्याङ्जा या दमौली जानेलाई चेकिङ नगर्ने, लेकसाइड आउनेलाई अनावश्यक दुःख दिने व्यवसायीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्