यी हुन् मोरङ १ संसद् विकास कोषबाट छनाेट भएका १९ योजना



विराटनगर : संघीय सांसद क्षेत्र विकास कोष मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । छनोट भएका योजनामा क्षेत्र विकास कोष सञ्चालन निर्देशिकाअनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारअन्तर्गत रहेका जिल्ला समन्वय समिति मोरङ प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

 

ती योजनामा केराबारी गाउँपालिकामा केराबारी– सिन्दुरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि ५० लाख, फाइवा–फुर्केटार  सडक निर्माणका लागि १४ लाख, लोहन्द्रा नदी तटबन्धका लागि १५ लाख, साँघुटार खोला कल्भर्ट निर्माणका लागि ११ लाख, खदम क्याम्पसको भौतिक निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।

 

यसैगरी लेटाङ नगरपालिकामा बुद्धमार्ग घिमिरे टोलदेखी धराने चोकसम्मको सडक कालोपत्रका लागि ५० लाख, तछुवा खानेपानी योजनाका लागि २५ लाख, लेटाङ बहुमुखी क्याम्पसको निर्माणका लागि १५ लाख र चिसाङ गंगाघाट मलामी विश्राम निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

मिक्लाजुङ गाउँपालिकामा मधुमल्ला बजारको तल्लो भागबाट बयरडाँगी सडक स्तरोन्नतिका लागि ५० लाख, बेलटारबाट कोलुङ झरना जाने सडक स्तरोन्नतिका लागि १० लाख, संगम चोक–तोरीबारी सडक कालोपत्रका लागि १५ लाख, सैनिक क्याम्प हात्तीमारा–चौतारा सडक स्तरोन्नतिका लागि १५ लाख र नाइटेपानी सामुदायिक वन छेउ ड्रेन निर्माणसहित सडक स्तरोन्नतिका लागि १० लाख विनियोजन गरिएको छ ।

 

यसैगरी उर्लाबारी नगरपालिकामा उर्लाबारी–८ र ९ दुर्गापुरी बजार पूर्व वडा कार्यालयसम्म र पश्चिमतर्फ रातेहोली कल्भर्टसम्म कालोपत्रे गर्न ५० लाख, बेतिनी सिमसार भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख विनियाेजन गरिएकाे छ ।  

 

उर्लाबारी बहुमुखी क्याम्पस भौतिक निर्माणका लागि १० लाख, उर्लाबारी–४ शान्तिमार्ग साझेदारी सडक कालोपत्रका लागि १५ लाख र उर्लाबारी–४ छाताचोक पश्चिम साझेदारी ड्रेन निर्माणका लागि १० लाख विनियोजन गरिएको मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्