काठमाडौं महानगरले भत्कायो मैतिदेविको प्रहरी बिट



काठमाडौं । मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले मंगलबार भत्काएको छ । मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार नेपाल प्रहरीसँग समन्वयमै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्