सिन्धुपाल्चोक: सिन्धुपाल्चाेकका एक वडाध्यक्षकाे डुबेर निधन भएकाे छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको हाे ।
इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको वडासचिव डुम बाहादुर बिकले बताए।
शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको थियो। ६५ वर्षीय श्रेष्ठको मृत्युको कारण खुलेको छैन।