सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीको विश्वास मतबारे अन्यौल



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्