नेपाल ल क्याम्पसमा अखिल (क्रान्तिकारी) समानान्तर समूहको जनयुद्ध साताव्यापी कार्यक्रमा



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) समानान्तर समूह नेपाल ल क्याम्पस समितिले जनयुद्ध दिवसको अवसर पारेर विभिन्न विषयमा साताव्यापी कार्यक्रमा गरिरहेको छ ।

जनयुद्ध दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमको पहिलो दिन मंगलबार ‘सोसलिज्म इन कलेज’ कार्यक्रमबाट सुरुआत गरिएको थियो। कार्यक्रममा संगठनका केन्द्रीय संयोजक पवन कार्की, केन्द्रीय प्रबक्ता उपदेश यादब, कानून विभाग सचिव आशा उपर्कोटी, केन्द्रीय सदस्य प्रतिक कार्कीलगायतको उपस्थितिमा कार्यक्रम सुरु भएको क्याम्पस समितिका अध्यक्ष विष्णु ढुङ्गेलले बताए ।

समाजवादी व्यवस्थाप्रति लामबद्द हुन आफ्नो हस्ताक्षर र भनाईसहित एक्यवद्धता जनाउन सबै विद्यार्थी, कर्मचारी, विभिन्न पेसामा आबद्ध र सबै सर्वसाधारण जनतालाई आग्रह गरेका छन् । विभन्न व्यक्तिहरूको भनाइ र हस्ताक्षर भएको भिडिओ र हस्ताक्षरहरू प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाउने जानकारी केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए।

समाजवाद स्थापनाका लागि लाखौँ विद्यार्थीहरूलाई समाजवादी अभियन्ताको रुपमा परिचालन गर्न, संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयनमा लैजान र समाजवादी व्यवस्थाको पक्षमा नयाँ पुस्ता कलेज र विश्वविद्यालयका विद्यार्थी तयार रहनु पर्ने तथा स्ववियु निर्वाचनमार्फत समाजवादको पक्षमा संघर्ष गर्ने अखिल (क्रान्तिकारी)ले देशभरका शैक्षिक संस्थाहरुमा समाजवादको लागि अभियान सञ्चालन गर्ने संयोजक पवन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्