श्रेष्ठ चोटका कारण लिग बाहिर



काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् । 

नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिय गरिएको थियो ।

 

 त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । 

घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताए । पुलिस क्लबले असोज १३ गतेदेखि शुरु हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन । 

 

प्रतिक्रिया दिनुहोस्