बसको ठक्करबाट महिलाको मृत्यु प्रकरण : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार



सुर्खेत । बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा अवस्था तनावग्रस्त बनेको छ । आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो। एक जना प्रहरी घाइते भएका छन् ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनलाई साम्य पार्ने प्रयास गरिए पनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रूप लिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलनस्थलमा तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्