
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भने ५ जना घाइते भएका छन् । हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पातारासी-२ का अमिर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन् ।