सिँचाइ कुलोमा डुबेर दाङमा १ जनाको मृत्यु



दाङ । सिँचाइ कुलो (नहर) मा डुबेर आज बिहान दाङमा १ जनाको मृत्यु भएको छ । देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार डाँगीको बुधबार बिहान कुलोमा डुबेर मृत्यु भएको हो । डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्