अभिनेता पल शाह आज रिहा हुँदै



काठमाडौं । बाल यौन दुव्यर्वहारमा दोषी ठहर भई हाल साढे २ वर्ष जेल सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दाबी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल सोमबार तनहुँ कारागारबाट छुट्दै छन्।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाइ गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै कैद सजाय गरेको थियो। तनहुँ जिल्ला अदालतले भने उनलाई निर्दोष ठहर गरेको थियो । एक नाबालिग बालिकाले शाहविरुद्ध नवलपुर र तनहुँमा बलात्कारको उजुरी दिएकी थिइन् । प्रहरीमा बलात्कारको उजुरी दिए पनि जाहेरीकर्ताले अदालतमा उजुरी झूटो भएको बकपत्र दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्