अभिनेत्री शिल्पाको पक्षमा अदालतको फैसला, छविले आधा सम्पत्ति दिनुपर्ने



काठमाडौं । सम्बन्धबिच्छेद तथा माना चामल मुद्दामा जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएका छन्। उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

अदालतले उनीहरूको सम्बन्धबिच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको छ। शिल्पा ओझाकी छौथी श्रीमती थिइन्। शिल्पाले सम्बन्धबिच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदी सासुलाई धर्मपुत्रका रुपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए। अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला गरेको छ।

प्रतिक्रिया दिनुहोस्