लुम्बिनी प्रदेशसभाको बैठक बस्दै



काठमाडौं: लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेकालागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार÷चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक/एक र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्