प्रदेश १ को नाम कोसी राख्न माओवादी केन्द्र पनि सहमत



विराटनगर । प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए । पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिएका छन् ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्