दोलखाको विकासमा शिक्षा क्षेत्रको विकास अनिवार्य : मन्त्री थपलिया



काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले दोलखाको विकासमा गर्न शिक्षा क्षेत्रको विकास हुनु अनिवार्य भएको बताएका छन्। दोलखाको श्री गर्जाङ ढुंगा माविको ६२ औं वार्षिक उत्सव  तथा आङ्दोर्जे पासाङ्टिफुको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा मन्त्री थपलियाले दोलखाका शिक्षाको क्षेत्रमा गर्जाङ ढुंगा माविले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यो विद्यालयले यस्तै भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले प्रदेश सरकारबाट आफूले गर्न सक्ने कामहरू विद्यालयका लागि गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको शैक्षिक विकासका लागि योजना बनाएर मन्त्रालयमा आउन विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आग्रह गरे। त्यस्तै सांसद उर्मिला सुनुवारले इन्। उनले गर्जाङ मावि लगायत सबै विद्यालयको गुणस्तर विकास गर्न गुरु योजना बनाउन आवश्यक रहेको बताइन्। 

त्यस्तै सांसद उर्मिला सुनुवारले सांसदको हैसियतमा आफूले गर्नपर्ने सबै सहयोग गर्ने भन्दै उनले विद्यालय परिवारलाई आवश्यक सहयोग माग्न समेत अनुरोध गरिन् । उनले विद्यालयमा आवाशिय भवनको आवश्यक पर्ने र त्यसको व्यवस्थापन गर्न शिक्षकहरूले मुख्यतया ध्यान दिनुपर्ने पनि बताइन्।

सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पनि अनिवार्य रूपमा सरकारी विद्यालयमा आफ्नो छोराछोरी पढाउँदा पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एउटा पाइला हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्