
काठमाडौं। विश्वकप लिग-२ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। पहिलो विकेटका लागि पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडे।
२६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई सन्दीपले एलबी डब्ल्यूको धरापमा पारेका छन्। आफ्नो पहिलो ओभरको तेस्रो बलमै सन्दीपले विकेट लिएका हुन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस जितेपछि नेपाल पहिले बलिङ गरिरहेको छ।