सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि व्यवसायीले गरे प्रदर्शन



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । बैंकहरुले चर्को ब्याज लिएको भन्दै व्यवसायीले शुक्रबार शुक्रबार बिहान धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि करीब ४५ मिनेट सडक अवरोध गर्दै व्यवसायीहरु धर्नामा बसेका थिए ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघ, कैलाली उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक संघसंस्थाहरुले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्‍याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् । बैंकहरुले वृद्धि गरेको व्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सोमबारदेखि नियमितजसो आन्दोलनमा छन् ।

शुक्रबार व्यवसायीहरुको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता जनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि पुगेर ढकालले व्यवसायीका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए । उनीहरुले दैनिक बिहान ९ देखि ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्