टावरमा खराबी हुँदा सुर्खेतमा टेलिफोन सेवा अवरुद्ध



सुर्खेत : जिल्लाकाे सिम्तागाउँपालिका ३ झ्याममा रहेको नमस्ते मोवाइलमा टावरमा खराबी हुँदा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वन्चित भएका छन्। झ्याममा रहेको नमस्तेको टावरमा विगत शनिबारदेखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ का अध्यक्ष नहकुल बुढाले जानकारी दिए। साउन २५ गते पनि टावरमा समस्या आएको थियो ।  

नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजार, वडा १ को घोरेटाकाे फलकोट ३ को आग्रीगाउँ ४ को बजेटीचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिका १ को नाम्रा २ को बामे घर्तिगाउँ ३  को बामेऔल वेशी लगायत स्थानीय टेलिफोन सेवाबाट वन्चित भएका छन्। 

अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरूमा फोन सेवा अवरुद्ध हुँदा जनताको प्रत्यक्ष बाहेक टेलिफोनबाट हुने काम प्रभावित भएको र जनताले दुख पाएको गुनासो गरे।

 आफूले नेपाल टेलिकम कार्यालय सुर्खेतलाई बुझ्दा आफूलाई कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाँके नेपालगन्जलाई जानकारी हुने बताएको वडा अध्यक्ष बुढाले जानकारी दिए। 

यता सल्यान बनगाड कुपिण्डे  नगरपालिका २ सामाजिक परिचालक बीरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरूमा टेलिफोनले काम नगर्दा २/३ घन्टा हिडेर डाँडाकाँडा पुगेर टेलिफोन गर्नु पर्ने बाध्यता रहेको छ। नेपाल टेलिकमले मर्मत सम्मारका लागि प्राविधिक टोली पठाइसकेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्