काठमाडौंमा चिसो बढ्यो, आज बिहानको तापक्रम ६ डिग्री



काठमाडौं : तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । आइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

अहिले काठमाडौँ उपत्यकाको मौसम सफा छ । 

बिहान केही ठाउँमा हल्का कुहिरो लागेपनि अहिले भने उपत्यकाका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले पश्चिमका केही जिल्लामा हल्का पानी पर्नसक्ने र हिमाली जिल्लामा हिमपात हुनसक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएकोे छ ।   

पश्चिमी वायुको प्रभाव पूर्वतिर पनि सरेकाले दिउँसो काठमाडौँ उपत्यकामा पनि आंशिक बदली हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्