जोकोभिच र भेरेभ एटीपी फाइनल्सको उपाधिका लागि भिड्ने



एजेन्सी : वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन् ।

लण्डनमा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई कुनै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे । यो वर्षको सातौं फाइनल खेल्नका लागि जोकोभिचले एन्डरसनको चुनौती २–० कै सेटमा पन्छाए । जोकोभिचले दुबै सेट ६–२ ले जितेका थिए ।

१४ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले उपाधिका लागि अब जर्मनीका अलेक्सान्दर भेरेभसँग खेल्नेछन् । करियरको १००औं उपाधि जित्ने लक्ष्यका साथ यो प्रतियोगिता खेलेका फेडेररलाई भेरेभले २–० कै सेटमा हराए । फेडेररलाई पहिलो सेटमा ७–५ ले हराएका भेरेभले दोस्रो सेटमा ७–६ को जित निकाले ।

प्रतिक्रिया दिनुहोस्