देवकोटाको जन्मदिनका २ जना स्रष्टालाई पुरस्कार



काठमाडौं । स्रष्टा समाज नेपालले बागमती प्रदेशसभाका सांसद तथा नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष डा‍‍.दिनेशचन्द्र देवकोटाको बुवा रमेशचन्द्र देवकोटाको जन्मदिनको अवसरमा २ जना कविलाई पुरस्कृत गरेको छ। शुक्रबार काठमाडौं एक कार्यक्रम गरी ९० वर्ष कटेका देवकोटाको जन्मदिनको अवसरमा स्रष्टा समाज नेपालले २ जना कविलाई पुरस्कृत गरेको हो।

वरिष्ठ कवि श्रीहरी फुयाँल, हास्य व्यङ्ग्य कवि नरनाथ लुइटेललाई समाजले पुरस्कृत गरेको हो। देवकोटाको नामबाट खोलेको ‘रमेशगंगा स्रष्टा सम्मान’ पुरस्कारबाट २ जना कविलाई उनकै प्रमुख आतिथ्यमा सम्मान गरेको हो।

कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार विधान आचार्य, सांसद डा।दिनेशचन्द्र देवकोटालगायतको उपस्थित रहेको थियो। १ लाख ५० हजारमा सुरु भएको यो सम्मान कोषमा अहिले ५ लाख बढी रकम जम्मा भइसेकेको स्रष्टा समाजले जनाएको छ।

पुरस्कृत हुने लुइटेल खित्कौली डटकमको सम्पादक, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य, प्रतिष्ठानले प्रकाशन गरेको सयपत्री बहुभाषिक पत्रिकाको कार्यकारी सम्पादक, ताहाचलमा प्रध्यापक हुन्। अहिले इन्सेकको कार्यकारिणी सदस्य छन्। उनले मानवअधिकार सम्बन्धी विभिन्न पुस्तक लेखेका छन्। हास्य व्याङ्ग्य कविको छवी बनाएका उनले पाठ्यपुस्तकसमेत लेखेका छन्। हास्य व्यङ्ग्यको क्षेत्रमा राज गरेका उनी कथाकार, कवि पनि हुन्। उनले अहिलेसम्म १० भन्दा बढी पुरस्कार पाइसकेका छन्।

त्यस्तै वरिष्ठ कवी श्रीहरी फुयाँलले ताहाचाल क्याम्पसमा लामो समय अध्यापक गरेका थिए। १० वर्षको उमेददेखि साहित्य लेखन सुरुआत गरेका उनले १८ वटा कृतिहरू प्रकाशित भइसकेको छ। ३२ वटाभन्दा बढी सम्मानबाट सम्मानित उनीलाई स्रष्टा समाजले २१ हजार नगदसहित पुरस्कृत गरेको हो।

१९९० सालमा आफ्नो बुवा जन्मिएको क्षणको बारेमा हजुर आमाले भनेको कुरा स्मरण गर्दै सांसद देवकोटाले घरपरिवारको सहयोगमा सानो मात्रा भएपनि अक्षयको सुरुआत गर्न सफल भएको बताए। उनले धेरै अघि यो कार्य गर्नुपर्ने भएपनि ढिलो गरि यो कार्य सुरु भएको बताए। आफ्नो बुवाले अहिलेसम्म ५ वटा कृति प्रकासन गरिरहेको सांसद देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्