इटलीसँग बराबरी खेल्दै पोर्चुगल सेमिफाइनलमा



एजेन्सी : पोचर्गुल युइएफए नेशन्स कपमा लिग ए अन्तर्गत समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । इटलीसँग बराबरीमा रोकिए पनि पोर्चुगलले अन्तिम चारको यात्रा तय गरेको छ ।

पोर्चुगलले समूहमा अझै एक खेल खेल्न बाँकी छ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले इटलीसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीपछि पोर्चुगलले तीन खेलबाट ७ अंक जोडेको छ। समूहको चारै खेल खेलिसकेको इटली ५ अंकसहित दोस्रो स्थानमा छ। पोल्याण्डको तीन खेलबाट एक अंक मात्र छ। अब अन्तिम खेलमा पोर्चुगलले पोल्याण्डसँग खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस्