सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य लगातार बढ्न थालेको छ। आज तोलामा सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । मूल्य अझै बढ्ने अनुमान छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्