रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण



काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वर स्थित स्वस्ति होटेलमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।

कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गितिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासंग्रहको लोकार्पण गरेका हुन् ।

कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोलेका थिए । वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासंग्रह ’द रिदम अफ पेन’ अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ ।

उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो । कवितासंग्रह ’द रिदम अफ पेन’ को मूल्य १९९ भारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्