नेपालको २०० रन पूरा



काठमाडौँ । खराब सुरूआत गरेको नेपालले मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि २०० रन पूरा गरेको छ। नेपालले ३५.३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो।

नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए।

३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए। भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन बनाएर खेलिरहेका छन्। उनलाई गुल्सन झाले ११ रनसहित साथ दिइरहेका छन्।

ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए। कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए ।

त्यसपछि आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट हुँदै नेपालले तेस्रो विकेट गुमायो।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्