लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु



रुपन्देही : बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पुनःउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो । 

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाटै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ । 

सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको र यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताउनुभयो । 

“पूर्वीय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो”, उहाँले भन्नुभयो, “लुम्बिनीबाटै विश्वशान्ति र बौद्धदर्शनको शुरुआत भएको छ ।” कार्यक्रममा बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रा डा काशीराज न्यौपानेले पूर्वीय दर्शनका करोडौँ हस्तलिखित दस्तावेज अनुसन्धान हुनुपर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचीन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । लुम्बिनी विश्वविद्यालयका डिन डा माणिकरत्न शाक्यले बौद्धशिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनी गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो