फेरि बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य शुक्रबार फेरि बढेको छ। बिहीबार तोलामै १ हजारले बढेको सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७ हजार १ सय र तेजाबी सुन १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्