नेपाली क्रिकेट खेलाडीलाई जनही एक लाख दिने बागमती प्रदेश सरकारको घोषणा



काठमाडौं । विश्वकप छनोट खेलमा पुग्न सफल भएको नेपाली क्रिकेट टिमका खेलाडीहरुलाई बागमती प्रदेशले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती सरकारका तर्फबाट उक्त रकम दिने घोषणा शुक्रबार गरेका हुन्।

बिहीबार नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुगेको थियो। आइसीसी ओडिआई लिग–२ को अन्तिम खेलमा नेपालले ३१० रनको कठिन लक्ष्य पछ्याउँदै जित हात पारेकोमा बधाई दिँदै मुख्मन्त्री कट्टेलले उक्त घोषणा गरेका हुन्।

नेपाली खेलाडीलाई केन्द्र सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्