राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवासमा सांसदहरूको चियापान



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम गरेका छन् । शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम गरिरहेका छन्।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाडौं आएका प्रदेश सांसदहरू लगायतलाई चियापानमा सरिक गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्