‘अमृता’का हाकिम अमृतको जागिर परोपकार, काम दुराचार



काठमाडौं : मीनाकुमारी श्रेष्ठ (आँचल) लाई उनका हाकिम अमृत कार्कीले बिरामी लिन जानुपर्ने भनेर बोलाए, २९ साउन साँझ ५ बजे । कार्यालय समय घर्के पनि हाकिमले अह्राएपछि उनी गइन् ।

कार्की र श्रेष्ठ सँगै नगरकोट पुगेपछि अगाडि गएका स्वास्थ्यकर्मीसहितको टोलीले बिरामी लिएर आउने भन्दै कार्कीले त्यतिन्जेल हेभन हिल होटल एन्ड रिसोर्टमा चिया, खाजा खाऔं भने ।

खाजा खाएपछि कार्कीले बियर पिउन थाले । श्रेष्ठलाई समेत बियर पिउन अफर गरे । श्रेष्ठले जुस मात्रै पिइन् । केहीबेरमै कार्कीले आफ्नो संवेदनशीले अंगमा छुँदै रिसार्टको कोठाभित्र लैजान खोजे । तर उनी प्रतिकार गरेर उम्किइन् ।

श्रेष्ठ रिसोर्टमै केहीबेर लुकेपछि कार्की गाडी लिएर फर्के । २५ वर्षीया श्रेष्ठ मध्यराति काठमाडौंदेखि चिनारुको ट्याक्सी बोलाएर घर फर्किन् । 

शारीरिक अपांगता भएकाहरूलाई सुविधा र समानताका लागिसमेत लड्ने अभियन्ताका रुपमा अमृता ज्ञवालीको परिचय बनेको थियो । सन् २०१२ मा यिनै अमृताको नाममा परोपकारी संस्था खोलियो, अमृता फाउन्डेसन ।

संस्था अमृताको नाममा खुले पनि स्वयं भने सक्रिय छैनन् । 

संस्थापक अध्यक्ष उनी अहिले अमेरिका बस्छिन् । मानसिक बिरामीको उद्धार सेवा गर्ने उद्देश्यसहितत स्थापित फाउन्डेसनका उपल्ला पदाधिकारीले सहकर्मीमाथि यस्तो यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । यो खबर आजको नेपाल साप्ताहिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्