मानिसमा फ्याटी लिभर समस्या बढ्दैँ, यसरी बच्न सकिन्छ !



कलेजोको वरिपरि अत्यधिक मात्रामा बोसो जमेर धमनीलाई साँधुरो भई रक्तसञ्चारमा समस्या सिर्जना, जसलाई फ्याटी लिभर समस्या भनिन्छ । आजभोलि धेरैजसो मानिसमा फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या देखा पर्ने गरेको पाइन्छ । अधिकाशंले फ्याटी लिभर भएको थाहा पाउदैनन् र समस्या जटिल बन्ने गर्दछ ।

 

जसलाई भिडियो एक्सरेका मद्दतबाट मात्रै थाहा पाउन सकिन्छ । निष्क्रिय जीवनशैली, अस्वस्थ खानपान, तौल वृद्धिका कारण कलेजोमा बोसो जम्ने गर्दछ । सुरुसुरुमा यसले सामान्य लक्षण देखाउने भएकाले त्यति असर पार्दैन । तर, बेवास्ता गरेर समयमै उपचार गरिएन भने भविष्यमा गम्भीर किसिमको रोग लाग्न सक्दछ । 

 

 

कसरी थाहा पाउने ? 

कलेजोमा बोसो जमेको थाहा पाउन युएसजी अर्थात भिडियो एक्सरे गर्नु अनिवार्य हुन्छ । साथै, यसको कारणले देखिने लक्षणबाट पनि फ्याटी लिभर भएको पत्ता लगाउन सकिन्छ । खाना कम खान मन नलाग्ने, नपच्ने, वाकवाकी लाग्ने, बान्ता हुने , आलस्य हुने, मुख मिठो नहुने, कम्मर मुनिको दायाँ भाग दुख्ने आदि लक्षण देखा पर्दछन् ।

 

अत्यधिक मद्यपान, एक्कासि तौल बढ्नु, मधुमेह, हेपाटाटिस बी, लामो समयदेखि औषधि सेवन, शारीरिक व्यायामको कमी र अस्वस्थ जीवनशैलीका कारण यस्तो समस्या देखा पर्ने गर्दछ । कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुने, कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंसक हुने, मुख र शरीरका अन्य भागबाट रगत आउनेजस्ता लक्षण देखिन थाल्छन् । 

 

 

कसरी बच्ने ?

यो समस्याबाट बच्ने मुख्य उपाय जीवनशैली परिवर्तन गर्नु हो । यसका साथै नियमित व्यायाम, तौल नियन्त्रण, पोषिलो खानेकुराको सेवन चिल्लो बासोयुक्त खानाको प्रयोग नगर्नु रेसादार खानाको सेवन आदि हुन् ।

 

यस्तै मद्यपान नगर्ने मधुमेह, हेपाटाइटिस बी, कालेस्ट्रोल र रक्तचापलाई नियन्त्रण राख्न सके फ्याटी लिभरबाट बच्न सकिन्छ । यसका साथै कलेजोमा अत्यधिक मात्रामा बोसो बढ्न नदिन पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गर्न जरुरी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्