मेयर साम्पाङविरुद्ध वडाअध्यक्षको कालोपट्टी आन्दोलन



काठमाडौं । धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित भएका छन् । मेयर हर्क साम्पाङ राईले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका हुन् ।

धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङ्‍का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो ।

भट्टराईका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ । अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्