भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्षको जेल सजाय



काठमाडौं । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ। गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो।

अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो।

उनले त्यतिबेला भनेका थिए ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’ सुरतको अदालतमा सुनुवाईका बेलामा गान्धी पनि उपस्थित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। राहुल गान्धीका वकिलले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उनले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्‍याउन नचाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्