वीरगञ्ज भन्सारमा लक्ष्यको आधा मात्र राजस्व संकलन



काठमाडौं। वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको आधा मात्र राजस्व संकलन गरेको छ । कार्यालयले फागुन महिनामा लिएको लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको जनाएको छ ।

विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँको लक्ष्य दिएको थियो । तर, कार्यालयले १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गरेको छ।

कार्यालयले आयात निर्यात गर्दा लिने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार, सडक निर्माण तथा सम्भार दस्तुर तथा भन्सार सम्बन्धी अन्य आय संकलन गर्दै आएको छ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-०८० (साउन २०७९ देखि असार २०८०) सम्म १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार लक्ष्य लिएको छ।

जसमध्ये साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको करिब ६० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्