जलवायु सङ्कट र हाम्रो आहार



  • डा. केदार कार्की

काठमाडौं । खाद्य प्रणालीहरू ती गतिविधिहरू हुन्, जसले भोजनलाई आलीदेखि थालीसम्म पुर्‍याउँछन्। यसमा खाद्यान्न उत्पादन प्रसंस्करण, परिवहन, बजारीकरण एवं कसरी उपयोग गरिन्छ, यी सबै सामेल छन् । वैश्विक खाद्य प्रणालीहरूले जलवायु परिवर्तनमा असर पुर्‍याउँदो छ।

यो एउटा दुष्चक्र पनि हो, जसले मानवीय स्वास्थ्य लक्षित पुर्‍याउँछ । हामी खाद्यान्न कसरी गर्छाैं, हामी के खान्छौँ एवं यसले हाम्रो धर्ती एवं हाम्रो स्वास्थ्यलाई रक्षा गर्न कसरी सहयोग गर्छ ? यक्ष प्रश्न यही छ। हाम्रा वर्तमान खाद्य प्रणालीहरूले वैश्विक हरित गृह ग्यास उत्सर्जनको एक तिहाइभन्दा बढी उत्पादन गर्छ, जुन जलवायु परिवर्तन गराउनमा मुख्य रूपले जिम्मेवार मानिन्छ । उत्सर्जनको यो मत्रा पृथ्वीमा सबै कारकहरूद्वारा गरिएको उत्सर्जनभन्दा बढी छ ।

खाद्य प्रणालीको आधाभन्दा बढी हरित गृह ग्यास उत्सर्जन यी खाद्य पदार्थका उपभोक्ताहरूमा मासु एवं दूधजन्य पदार्थको बढ्दो मागका कारण उत्पन्न हुन्छ । यो आधुनिक औद्योगिक कृषिको पनि परिणाम हो, जुन जीवाश्म इन्धनमा अत्यधिक निर्भर हुन्छ । हरित गृह ग्यासले बोट विरुवा एवं जनावरहरूको वृद्धिलाई प्रभावित गर्छ एवं समुद्रको बढ्दो जलस्तर, महासागरहरू एवं चरम मौसम तथा जलवायु घटनाहरूका लागि जिम्मेवार मानिन्छ । यसको बदलामा जलवायु परिवतर्ननले हाम्रा खाद्य प्रणालीहरू तथा हाम्रो स्वास्थ्यमा अत्यधिक असर पार्छ ।

खाद्यान्न उत्पादनमा जलवायु परिवर्तनको असर

भूमि तथा समुद्रको बढ्दो तापमान, खडेरी, बाढी र अप्रत्याशित वर्षाले पशु धन तथा बालीनालीलाई क्षति पुर्‍याउँदै छ । उदाहरणका लागि गत वर्ष दसैँलगत्तै परेको अप्रत्याशित वर्षाले भित्र्याउन तयार बालीनालीमा पुर्‍याएको क्षतिको घटना हाम्रो सामु छ।

केही दिनअघि मात्र पातारासी क्षेत्रमा चट्याङमा परी ४०० भेडाको बथान मरेको घटनालाई लिन सकिन्छ । अन्यत्रको उदाहरण हेर्ने हो भने केन्याको आधा भागमा खडेरीले गर्दा बालीनाली प्रभावित भएको छ, जसका कारण त्यहाँको मुख्य बाली मकैको उत्पादन ५० प्रतिशतले कम हुने आँकलन गरिएको छ।

यसैबीच बाढीले अस्ट्रेलियामा सयौँ गाईको बथान बगाउनुका साथै बालीनाली तथा कृषि उपकरणहरूलाई क्षति पुर्‍याएको घटना ताजै छ। वैश्विक स्तरमा ५ मध्ये १ मृत्यु स्वस्न आहार जस्तै अन्न, फलफूल एवं तरकारीहरू कम सेवन तथा बिग्रेको आहार सेवन गर्दा हुने गर्छ। जलवायु पविर्तनले यी खाद्य पदार्थहरूको उत्पादनलाई कम गर्ने छ र धेरैभन्दा धेरै जनसमुदायको स्वास्थ्यलाई जोखिममा पार्नेछ ।

पोषक तत्वहरूको न्यूनता

जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसङ्घीय अन्तरसरकारी समूहको छैटौँ मूल्याङ्कन प्रतिवेदनमा यस कुरामा प्रकाश पारिएको छ कि वातावरणमा कार्बनडाइअक्साइडको स्तर बढ्नाले हाम्रो भोजनको गुणस्तर कम हुनेछ। यसमा प्रोटिन, आइरन, जिंक तथा अन्न, फलफूल एवं तरकारीहरू सामेल छन्।

यी महत्वपूर्ण पोषक तत्वहरूबिना धेरैजसो मानिसहरूमा सूक्ष्म पोषक तत्हरूको कमीका कारण स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हुन सक्छ। एक समीक्षामा पाइएको छ कि हामीले हरियो तरकारी कम सेवन गर्नाले गैरसञ्चारी रोगहरू, जस्तै : कोरोनरी, हृदय रोग एवं मुटु घातन तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढ्न सक्छन् । यसबाहेक पर्याप्त तरकारी र फलफूल नखाँदा पोषक तत्वको कमी हुनेछ।

खाद्य प्रणालीमा असमानताहरू अस्वस्थ्य आहारसँग अटुट रूपले जोडिएका हुन्छन् । आज वैश्विक स्तरमा अधिकांश मानिस भोजनको उपयोग या त्यसलाई धान्न सक्ने अवस्थामा छैनन् । लगभग २ अर्ब मानिसहरू खाद्य तथा पोषण असुरक्षाको सामना गर्छन् एवं ८२ करोड मानिस कुपोषित छन् ।

जलवायु परिवर्तनले यी गम्भीर विषयलाई अझ प्रोत्साहित गर्नेछ । खाद्यान्नको न्यूनतासँगै खाद्यान्नको मूल्य बढ्नेछ, जसले अझ धेरै मानिसमा खाद्यान्न एवं पोषण असुरक्षा, भोकमरी एवं आजीविकाको क्षति हुनेछ। मोटो हुनेमा मुटु घात, मधुमेह जस्ता आहारसँग सम्बन्धित रोगहरूमा वृद्धि हुनेछ। राम्रो खबर यो छ कि अनुकूलन एवं समाधान तथा खाद्य प्रणालीहरूलाई बदलिनका लागि अहिलेदेखि काम सुरु गर्ने हो भने हामी हाम्रो पृथ्वी तथा हाम्रा समुदायको स्वास्थ्यको सङ्कटको सबैभन्दा दुरुह प्रभावहरूबाट बचाउन सक्छौँ ।

यसका लागि यी काम गर्नुपर्छ

हाम्रो खाने बानी बेहोरा परिवर्तन गर्नुपर्ने हुन्छ । स्वस्थ भोजन गर्नाले जलवायु सङ्कटसँग मुकाबिला गर्न मद्दत मिल्नेछ। मासु तथा दूधजन्य उत्पादनहरूको जलवायु प्रभावमा सबैभन्दा बढी योगदान छ। अनुमान गरिन्छ कि आउँदो ३ दशकहरूमा यी खाद्यान्नहरूको माग ६८ प्रतिशतले वृद्धि हुनेछ।

यदि उच्च क्यालोरी भएको आहार तथा पशु स्रोत भएको भोजनभन्दा बोट बिरुवामा आधारित भोजन प्रयोग गर्ने हो भने यसले उत्सर्जनलाई कम गर्न तथा भोजनमा आधारित जोखिमबाट हुने मृत्यु दरलाई कम गर्न अनि स्वास्थ्यमा सुधार गर्न महत्वपूर्ण रूपले मद्दत गर्नेछ। हाल उपलब्ध १४ हजार खाद्यान्न बोट बिरुवाका प्रजातिहरू उत्कृष्ट पोषण दिने खालका छन्, जसको उपयोग गर्न सकिने छ।

वर्तमानमा हामी २०० भन्दा कम प्रजातिहरूको उपयोग गर्दै छौँ, जसमा विश्वको लगभग ७५ प्रतिशत भोजन मात्र १२ वटा बोट बिरुवाहरू तथा ५ वटा जनावर प्रजातिहरूबाट आउँछ। हाम्रा बालिनालीहरूमा विविधता ल्याउनाले हाम्रो भोजनलाई बाढी, खडेरी तथा रोग व्याधिहरूबाट बचाउन मद्दत पुग्नेछ।

कृत्रिम एवं खाद्य प्रक्रियाहरूलाई बढी जलवायुअनुकूल बनाउने धेरै अवसरहरू छन्। यसमध्ये एउटा माटोको गुणस्तर सुधार गर्नु पनि मानिन्छ। स्वास्थ्य माटोले कार्बनलाई भण्डारण गर्छ एवं उत्सर्जनलाई कम गराउन सक्छ। यसले खडेरी एवं बाढी व्यवस्थापनमा मद्दत गर्नुका साथै बालीनालीको उत्पादकता एवं लचिलोपनलाई प्रोत्साहन गर्छ।

यसबाहेक बालीनालीको प्रजाति पहिचान गर्नुपर्ने हुन्छ, जसमा पोषणको गुणस्तर उच्च होस् एवं प्रतिकूल मौसम तथा जलवायु घटनाहरूमा बढी लचिलो होस्। यसैबीच भोजन खेर फाल्ने एवं फोहोर कम गर्नाले पनि भोकमरी घटाउनुका साथै ऊर्जा तथा पानी बचाउन मद्दत मिल्नेछ। वैश्विक स्तरमा सबैखाले भोजनको लगभग १७ प्रतिशत प्रतिवर्ष बर्बाद हुने गरेको छ।

हाम्रो आफ्नो परिवेशमा शहरी सार्वजनिक फोहोर मैला व्यवस्थापन एक पटक भएमा फेरि कहिले हुने निश्चित हुँदैन । यसरी शहरका चोक एवं गल्लीमा थुप्रिने फोहोर मैलामा धेरैजसो घरायसी रछ्यानदेखि होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसका रछ्यानमा हुने हुँदा त्यसबाट कति उत्सर्जन हुन्छ, त्यसको लेखाजोखा गर्ने फुर्सद पो कसलाई र ? अत्यमा, एउटा तीतो यथार्थ यो पनि छ कि जलवायु सङ्कटको प्रभावलाई समान रूपले महसुस गरिँदैन।

यसका लागि कम जिम्मेवार देश यसका प्रभावहरूप्रति सबैभन्दा बढी सम्वेदनशील छन् अनि तिनीहरूसँग यसको बचाउमा न्यून संशाधनहरू छन् । यो महत्वपूर्ण छ कि समृद्ध देश, जो सबैभन्दा बढी जिम्मेवार छन् जलवायु परिवर्तन कम गर्नका लागि, नेतृत्व तिनले बढी गरेर दिगो एवं जलवायुका प्रति लचिलो स्थानीय खाद्य उत्पादनका लागि अनुकूल हुनका लागि आवश्यक वित्तीय एवं प्रविधिका साथ निम्न आय भएका देशहरूलाई समर्थन गर्नुपर्नेछ ।

हरित गृह उत्सर्जनमा कटौती एवं जलवायुका प्रति लचिला खाद्य प्रणालीहरूलाई अपनाउन समर्थन गर्नका लागि विश्वले समयमै कारबाही गर्नुपर्ने हुन्छ। यसका लागि आर्थिक सहयोग एवं लगानी बढाउनुपर्ने आवश्यकता हुन्छ।

यदि हामी जलवायु परिवर्तन तथा हाम्रो स्वास्थ्यमा यसको प्रभावको सबैभन्दा खराब स्थितिबाट बच्न चाहन्छौँ भने हाम्रा सबै गतिविधि र कार्यहरू विज्ञानद्वारा समर्थित हुनुपर्नेछ अनि मात्र हामीले यस विभीषिकाबाट मुक्ति पाउनेछौँ।

प्रतिक्रिया दिनुहोस्