नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८



काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ।

जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । पुरूषको जनसंख्या महिलाको भन्दा ६ लाख ५७ हजार कम रहेको छ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। नेपालको १२ औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्