मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर धर्ना दिने



काठमाडौं । मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् । न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौं पुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन्।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौं पुगेका हुन्। उनीहरूको समूहमा ७२ जना पीडित छन्। आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ।

यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो। सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्