चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्न कर्मचारी युनियनको माग



काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ । युनियनले प्रतिष्ठानमा रिक्त पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।

कर्मचारी यूनियनका अध्यक्ष डा.प्रकाश बहादुर थापा र सचिव दिपक मुडभरीले हस्ताक्षर गरेको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् । पदाधिकारीहरु नियुक्ति गर्दा प्रतिष्ठान सेवाका प्रध्यापकहरु मध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारीहरु मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्ति गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्