भारतका कुन क्रिकेट खेलाडीको तलब कति ?



काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सन् २०२२-०२३ का लागि खेलाडीको वार्षिक करार घोषणा गरेको छ। उक्त करारमा खेलाडीको ग्रेड छुट्याएर तलब निर्धारण गरिएको छ। यो करार सन् २०२२ अक्टुबरबाट लागु भएको थियो भने सन् २०२३ सेप्टेम्बरसम्म रहनेछ।

ग्रेड ए प्लस खेलाडिले वार्षिक ११ करोड २० लाख पाउनेछन्। त्यसैगरी ए ग्रेडका खेलाडीले ८ करोड, बी ग्रेडका खेलाडीले ४ करोड ८० लाख र सी ग्रेडका खेलाडीले वार्षिक १ करोड ६० लाख नेपाली रुपैयाँ पाउनेछन्।

वार्षिक ११ करोड २० लाख नेपाली रुपैयाँ पाउनेमा कप्तान रोहित शर्मा, पूर्वकप्तान विराट कोहली, खेलाडीहरु जसप्रित बुमराह र रवीन्द्र जडेजा रहेका छन्। यसैगरी ८ करोड पाउनेमा हार्दिक पान्ड्या, आर अश्विन, मोहम्मद शमी, ऋषभ पंत, अक्षर पटेल र सूर्यकुमार यादव छन्।

नेपाली रुपैयाँ ४ करोड ८० लाख पाउनेमा चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सूर्यकुमार यादव, शुभमन गिल र शिखर धवन छन्। यसअघि ग्रेड बीमा रहेका अजिन्का राहाणे र इशान्त शर्मालाई अनुबन्ध गरिएको छैन।

भुवनेश्वर कुमार, मयंक अग्रवाल, हनुमा विहारी, ऋद्धिमान साह र दीपक चाहरलाई पनि सूचीबाट हटाइएको छ। इशान किशन, दीपक हुडा, कुलदिप यादव, सन्जु सामसन, केएस भरत र अर्शदीप सिंहसँग पहिलोपटक केन्द्रीय सम्झौता गरिएको छ। उनीहरुले वार्षिक १ करोड ६० लाख नेपाली रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्