प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल : आज नेपाल र भुटान खेल्दै



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भुटानसँग खेल्दै छ। नेपाल र भुटानबीको खेल मंगलबार साँझ ६ बजे, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा जित हासिल गरेको नेपाल उक्त लयमा थप सुधार गर्दै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलले हराएको थियो। भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो।

फाइनलमा स्थान बनाउनका लागि नेपालले बराबरी खेले पनि पुग्छ। भुटानसँग २-० गोलले हारे पनि नेपाल फाइनल पुग्ने छ। भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन। भुटान पराजित भए वा बराबरी खेले नेपालसँग लाओस फाइनल पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्