टिआरसी विधेयकमा विपक्षी दलसँग पनि छलफल गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे विपक्षी दलहरूसँग पनि छलफल गर्ने भएको छ । मंगलबार साँझ बसेको सत्तारुढ दलको बैठकमा विधेयकबारे भएको छलफलमा विपक्षी दलहरूसँग पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै पक्षको सहमतिमा नै विधेयकलाई अगाडि बढाउने प्रयास गर्ने निर्णय भएको बताए । ‘संसद्मा पेस भएको टीआरसीसम्बन्धी विधेयकलाई सकेसम्म सबैको सहमतिमा अघि बढाउनुपर्छ भन्नेबारे सबैको राय रह्यो । यसका लागि विपक्षी दलहरूदेखि सरोकारवाला पक्ष सबैसँग छलफल गरेर उनीहरूको चासोलाई पनि सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मन्त्री श्रेष्ठले भने ।

शान्ति सम्झौताको लामो समयसम्म पनि संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले यस विषयलाई पछिल्लो समय प्राथमिकतामा राखेर अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्