सत्ता गठबन्धन बैठक : कांग्रेसको ९ मन्त्रालयमा दाबी



काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो।

यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३-३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ। यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए।

बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्