
काठमाडौं । गायक नरेश खातीको नयाँ गीत सार्वजनिक भएको छ। खातीले ‘तिम्रै हुन पाम्’ बोलको गीत बजारमा ल्याएका हुन्। उक्त गीतको भिडिओ मेक्सम नरेश अफिसिल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
गायक खातीकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका ममता गुरुङले साथ दिएकी छिन्। गीतमा विशाल निरौलाको एरेन्ज छ।
विशाल नेपालीले निर्देशन गरेको भिडिओमा सुशान्त कार्की र प्रियाना आचार्यको रोमान्स देख्न सकिन्छ। गत शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई ५ दिनमा ६५ हजार बढीले हेरेका छन्।