काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । नवयुग बहुउदेश्य सहकारी संस्थाको १९औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दैैै खनालले कमीकमजोरी सुधार्दै अघि बढ्न सरकारलाई सुझाब दिए ।
विकास निर्माण र जनसरोकारका विषयमा प्रभावकारी काम हुन नसक्दा शक्तिशाली भनिएको सरकार पनि कमजोरजस्तो देखिएको बताए । सरकार साना विषयमा अल्झिँदा नागरिकमा निराशा बढेको खनालको भनाइ थियो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतको उपस्थिति थियो ।