एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा



काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बुधबार एसीसी प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।

एसियन क्रिकेट काउन्सिलको आयोजनामा वैशाख ५ गतेदेखि १८ गतेसम्म प्रमियर कप आयोजना हुँदैछ। प्रतियोगिताका खेलहरु काठमाडौंको कीर्तिपुर क्रिकेट मैदान र मुलपानी रंगशालामा हुनेछन्। प्रतियोगितामा कुल १० देशका राष्ट्रिय टिम सहभागी छन्। समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्।

यस्तै, समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन्। नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्ने छ। नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग खेल्नेछ। यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ।

नेपालको प्रारम्भिक टोली:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजबंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो, देव खनाल

प्रतिक्रिया दिनुहोस्