बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेको छ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्