सिरहा : सिरहाको सीमावर्ती माडर खैरटोकामा भारतीय जिपको ठक्करले ६० वर्षीया वृद्धाको मृत्यु भएको छ । सिरहा नगरपालिका १७ खैरटोकामा विआर ०७ पिए ९२८० नम्बरको जिपको ठक्करबाट गम्भिर घाइते भएकी पैदलयात्री स्थानीय ६० वर्षीया जमुदा खातुनको उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिपको ठक्करले गम्भिर घाइते भएकी खातुनलाई तत्काल उपचारार्थ सिरहा जिल्ला अस्पतालमा भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।